इटहरी । आईसीसी टी– २० विश्वकप २०२६ भारत र श्रींलकामा भइरहेको छ । क्रिकेटप्रेमीहरू अहिले खेलका मजा लिरहेका छन् । विश्वकपमा अहिले समूहचरणका खेल भइरहेका छन् । नेपाल पनि विश्वकप तेस्रोपटक खेलिरहेको छ ।
नेपालले आफ्नो पहिलो खेलमै सनसनी मच्चाएको छ । २ पटकको विश्वविजेता इंग्ल्यान्डिवरुद्ध नेपालले कडा चुनौती दिएपछि विश्वक्रिकेटमा हारको पनि चर्चा छ ।
बुधबार दिउँसोसम्म समूह चरणका १३ खेल सकिएका केही रोमाञ्चक नतिजाहरू पनि आएका छन् । १३ खेललाई हेर्ने हो भने, एसोसिएट राष्ट्र र टेस्ट राष्ट्रबीचको भिडन्त तथा डेथ ओभरको नतिजाले पूरै विश्वकपको समूह चरण थ्रीलले भरिपूर्ण देखियो ।
इंग्ल्यान्डसँग पराजय तर, चर्चा नेपालको
प्रतियोगिताको पाँचौँ खेल । तेस्रोपटक विश्वकप खेलेको नेपालविरुद्ध २ पटक च्याम्पियन इंग्ल्यान्ड ।
१८५ रनको लक्ष्य पछ्याएको नेपाल १८० रनमा सीमित भयो । नेपाललाई अन्तिम तीन ओभरमा जितका लागि ४६ रन आवश्यक थियो । क्रिजमा आरिफ शेख र लोकेश बम थिए । यसबेला खेल नेपालको हातबाट फुत्किसकेको जस्तो अवस्था थियो ।
तर, जोफ्रा आर्चरको पहिलो लिगल बलमा आरिफले छक्का प्रहार गरेपछि नेपाल खेलमा फर्किने आशा जाग्यो । तर लगत्तै उनी आउट भए ।
त्यही ओभरमा लोकेश बमले थप २ छक्का प्रहार गर्दै २२ रन बटुलेपछि खेल रोमाञ्जक बन्यो । १९ औँ ओभरमा नेपालले १४ रन जोडेर एक विकेट गुमाउँदा अन्तिम ओभरमा १० रन मात्र चाहिएको थियो । नेपालले कठिन अवस्थाबाट निकालेर जितको अवस्थासम्म ल्याइपुर्यायो । तर, अन्तिम ६ बलमा १० रन बनाउन नसक्दा नेपाल ऐतिहासिक जितबाट विमुख बन्न पुग्यो ।
यो खेलपछि विश्वभरबाट नेपाली टिमको प्रशंसा भइरहेको छ । अब नेपालले बिहीबार इटलीसँग प्रतिस्पर्धा गर्नेछ ।
दोहोरो सुपर ओभरमा स्तब्ध अफगानिस्तान
बुधबार भारतको अहमवादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेल रोमाञ्चक रूपमा दोस्रो सुपर ओभरसम्म पुग्यो ।
दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ बलमा २३ रन बनायो, जसमा डेभिड मिलरले १६ र ट्रिस्टन स्टब्सले ७ रन जोडे । २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ विकेट गुमाएर १९ रन मात्र बनाउन सक्यो । लगातार तीन छक्का प्रहार गरेका अफगान रहमानउल्लाह गुर्बाजले १८ रन बनाए भने केशव महाराजले २ विकेट लिए ।
पहिलो सुपर ओभर पनि टाई भएपछि खेलको नतिजा दोस्रो सुपर ओभरबाट निस्केको हो । पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन बनाएकोमा दक्षिण अफ्रिकाले पनि १ विकेट गुमाएर १७ रन नै जोडेको थियो।
निर्धारित २० ओभरमा दक्षिण अफ्रिकाले १८७र६ बनाएको थियो, जसमा क्विनटन डे कक ९५९० र रायन रिकेल्टन ९६१० ले अर्धशतक प्रहार गरे । जवाफमा अफगानिस्तान १९।४ ओभरमा १८७ रनमै अलआउट भयो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा कागिसो रबाडाको ओभरमा नो–बल, वाइड र छक्कासहित नाटकीय घटनाक्रमपछि खेल टाई भयो र सुपर ओभरमा पुग्यो । यो खेल विश्वकप इतिहासकै सर्वाधिक रोमाञ्चक खेल बन्न पुग्यो ।
पाकिस्तानको अन्तिम ओभरमा संघर्ष
समूह ‘ए’को विश्वकपको उद्घाटन खेल नै रोमाञ्चक बन्यो । खेल नेदरल्यान्ड्स र पाकिस्तानबीच थियो ।
श्रीलंकाको कोलम्बोस्थित सिन्हलिज स्पोर्ट्स क्लब ग्राउण्डमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्यो । नेदरल्यान्ड्सले १४७ रनको सामान्य योगफल तयार गर्यो । जसमा कप्तान स्कट एडवर्ड्सले ३७ र बास डे लिडेले ३० रनको योगदान दिए ।
१४८ रनको पाकिस्तानका लागि सहज नै देखिन्थ्यो । तर, पाकिस्तानले अन्तिम ओभरसम्म जित लागि संघर्ष गर्नुपर्यो । पाकिस्तानले साहिबजादा फरहानको ४७ रन र फहीम अशरफको २९ रनको सहयोगमा लक्ष्य पूरा गर्यो । खेल सकिन तीन बल बाँकी रहँदा पाकिस्तानले जित सुनिश्चित गर्यो।
शेफर्डको ह्याट्रिकसहित ५ विकेट
विश्वकपको दोस्रो खेलमा समूह सी का वेस्ट इन्डिज र स्कटल्यान्ड आमने सामने भए । वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गर्यो । १८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८।५ ओभरमा अलआउट भयो ।
स्कटल्यान्डलाई प्याक गर्न वेस्ट इन्डिजका रोमारियो शेफर्डले ह्याट्रिकसहित ५ विकेट लिए ।
शेफर्डले ब्रान्डन म्याकमुलनलाई १४ रनमाआउट गरे । उनले १७ औँ ओभरमा ४ विकेट लिए । १६।२ ओभरमा म्याथ्यू क्रसलाई ११ मा, १६।३ मा माइकल लिस्क र १६।४ मा ओलिभर डेभिडसनलाई गोल्डन डकआउट गर्दै शेफर्डले आफ्नो ह्याट्रिक पूरा गरे । १६।६ मा भने उनले शाफयान शरिफलाई शून्यमा नै आउट गरे ।
सूर्यकुमारले सिंगल ह्यान्ड भारतलाई हारबाट जोगाए
तेस्रो खेलमा भारत र अमेरिका आमने सामने भए । भारतले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १६१ रन बनायो । १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै २० ओभर खेलेर ८ विकेटको क्षतिमा १३२ रन बनायो । भारतले २९ रनले खेल जित्यो ।
भारतको जितमा नायक बने सूर्यकुमार यादव । उनले ४९ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै नटआउट ८४ रन बनाए । ५।२ ओभरामा इशान किशन आउट भएपछि क्रिजमा आएका सूर्यकुमारले अन्तिम बलसम्म डटेर खेले । भारतका अन्यब्याटर अमेरिकी बलरसामू निरीह बन्दा यादव एक्लैले सुरक्षित गर्नयोग्य रन बनाएका थिए । उनी बाहेक अन्य ब्याटर क्रिजमा टिक्नै सकेका थिएनन् ।
यदि त्यस दिन यादव फेल भएको भए भारत अमेरिकासामू घुँडा टेक्ने अवस्था बनेको थियो । नेपाल र नेदरल्यान्ड्स पछि अर्को एसोसिएट्स टिम अमेरिकाले आईसीसीका पूर्णसदस्यलाई कडा टक्कर दिएर एसोसिएट्स टिम कमजोर छैनन् भन्ने सन्देश दिए ।
बास डे लिडेको उत्कृष्ट अलराउन्ड प्रदर्शन
बास डे लिडेले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई नामिबियामाथि ७ विकेटको जित दिलाए । उनले बल र ब्याट दुवैबाट प्रभावशाली योगदान दिए, साथै लोगन भान बिकले पनि नामिबियालाई दबाबमा राख्न महत्त्वपूर्ण भूमिका खेले।
पहिले ब्याटिङ गरेको नामिबियाले ८ विकेट गुमाउँदै १५६ रन बनायो । धेरै पावर–हिटरले राम्रो सुरुवात गरे पनि ठूलो इनिङ्समा परिणत गर्न सकेनन् । जान निकोल लोफ्टी–इटन ४२ रनसहित टोलीका सर्वाधिक स्कोरर रहे। त्यसक्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे ।
नामिबिया बलियो अवस्थामा पुग्न नसक्दा नेदरल्यान्ड्सले लक्ष्य सहजै पछ्यायो। यस जितसँगै पाकिस्तानविरुद्धको निराशाजनक हारपछि नेदरल्यान्ड्सले आफ्नो अभियान पुनः लयमा फर्काएको छ।
कीर्तिमानले भरिएको यूएई र न्युजिल्यान्डको खेल
न्युजिल्यान्डका टिम सिफर्ट र फिन एलेनले यूएईविरुद्धको खेलमा अविजित १७५ रनको बनाउँदै पुरुष टी–२० विश्वकप इतिहासकै सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाए । यसअघि सन् २०२२ मा इंग्ल्यान्डका जोस बटलर र एलेक्स हेल्सले बनाएको १७० रनको कीर्तिमानलाई उनीहरूले उछिने । उक्त खेलमा न्युजिल्यान्डले १० विकेटले जित हात पारेको थियो।
त्यही खेलमा न्युजिल्यान्डले १७३ रनको लक्ष्य पछ्याउँदै कुनै विकेट नगुमाई १७५ रन बनायो । यो पुरुष टी–२० विश्वकप इतिहासमा बिना विकेट क्षति सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याएको कीर्तिमान हो । न्युजिल्यान्डले लक्ष्य मात्र १५।२ ओभरमै पूरा गरेको थियो।
सिफर्ट र एलेनले पावरप्लेका पहिलो ६ ओभरमा ७८ रन बनाउँदै प्रतियोगिताकै आक्रामक सुरुवातमध्ये एक प्रदर्शन गरे । यही आक्रामक सुरुआतले ठूलो साझेदारी र सहज जितको आधार तयार गर्यो।
यूएईले उक्त खेलमा १७३र६ को प्रतिस्पर्धात्मक योगफल बनाएको थियो, जसमा मोहम्मद वसीम ९६६ अविजित० र अलिशान शरफू ९५५० बीच १०७ रनको साझेदारी भएको थियो ।
पाकिस्तानविरुद्ध पूर्वपाकिस्तानी खेलाडीको डेब्यू
पूर्व पाकिस्तानी तीव्र गतिका बलर एहसान आदिलले कोलम्बोमा आफूले पहिले प्रतिनिधित्व गरेको टोलीविरुद्ध अमेरिकाका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् ।
घाइते जसदीप सिंहको स्थानमा सोमबार राति अमेरिकाको टोलीमा समावेश गरिएका आदिललाई प्लेइङ–११ मा सिधै अवसर दिइएको थियो । भारतविरुद्ध खेल्दा ग्रोइन चोट बोकेका अली खानको स्थानमा उनले टोलीमा प्रवेश गरेका थिए ।
३२ वर्षीय आदिलले सन् २०१३ देखि २०१५ बीच पाकिस्तानका लागि तीन टेस्ट र पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । त्यसपछि उनी अमेरिका बसाइँ सरेका हुन् र मेजर लिग क्रिकेटका पहिलो तीन सिजन एमआई न्युयोर्कबाट खेलेका छन् ।
एसएससीको नयाँ फ्लडलाइटअन्तर्गत भएको उक्त खेलमा कप्तान मोनांक पटेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए, जसअनुसार आदिलले पाकिस्तानविरुद्धको खेलमा प्रारम्भिक ओभरमै बलिङ गर्ने अवसर पाएका थिए।
यद्यपि, उनी अमेरिकाका लागि महँगो साबित भए । उनले ३ ओभरमा ३९ रन खर्चे । तर, विकेट लिन सकेनन् । ब्याटिङतर्फ भने १ रनमा अलआउट रहे । सो खेलमा पकिस्तानले अमेरिकालाई ३२ रन पराजित गर्यो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो