धनकुटा कांग्रेसद्धारा देव्रेवासमा विष्टलाई दियो श्रद्धाञ्जली

फाष्ट मिडिया नेपाल संवाददाता


नेपाली कांग्रेस धनकुटाले धनकुटाको देव्रेवासमा नेपाली कांग्रेसका क्रियाशिल सदस्य देवेन्द्र विष्टकी श्रीमती नेपाली कांग्रेसका सदस्य समाजसेवी पुष्पा विष्टको हालै निधन भएकोमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,जिल्ला सचिव विजय सन्तोषी राई, क्षेत्र नं. १ का क्षेत्रिय उपभापति मिलन खड्गी, धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठ,  क्षेत्रिय प्रतिनिधि  सरवस्तवी श्रेष्ठ ,धनकुटा नगरपालिका वडा नं. ४ का नेपाली कांग्रेसका वडा सभापति हरि तिम्सिना,उपसभापतिद्धय गोविन्द्र मैनाली,महेश श्रेष्ठ,सचिव थिर वहादुर थापा,सदस्य टंक राना, दोधराज वास्तोता,लक्ष्मी प्रसाद भट्टराई लगायतले नेपाली कांग्रेसका सदस्य स्र्गीय पुष्पा विष्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दै समवेदना पत्र समेत प्रदान गर्नु भएको थियो ।

नेपाली कांग्रेसका क्रियाशिल सदस्य देवेन्द्र विष्टकी श्रीमती नेपाली कांग्रेसका सदस्य पुष्पा विष्टको ५५ बर्षको उमेरमा गत मंसिर ४ गते आफ्नै निवास धनकुटा देव्रेवासमा निधन भएको वडा सभापति हरी तिम्सिनाले वताउनु भयो ।

नेपाली कांग्रेसका क्रियाशिल सदस्य देवेन्द्र विष्टकी श्रीमती नेपाली कांग्रेसका सदस्य  तथा समाजसेवी पुष्पा विष्टको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया