सुप्रिया राई
डायलिसिस गराइ रहेपनि सामान्य अवस्थामा रहेर युवा पत्रकारहरुसंगै रिपोटिङमा निस्कन्थे, पत्रकारितालाई जीवन ठान्ने उनी निरन्तर ३३ वर्ष देखि पत्रकारितामै रमाउदै आएका थिए । जीवनभर पत्रकारिता पेशा मात्र अंगालेर समाजलाई सुशुचित गरेपनि आफनो जीवन सामान्य अवस्था भन्दा माथि उठाउन नसकेका कारण उपचारका लागि समेत अरुको सहयोगमै उपचार गराउन वाध्य थिए । यस्तै अवस्थामा जीवन गुमाएका पत्रकार हुन सुनसरी इटहरीका स्व.याम प्रधान ।
बुबा चक्रबहादुर प्रधान र माता हिरादेवी प्रधानको कोखबाट भोजपुरको गुप्तेश्वरमा वि.सं.२०२० माघ ४ गते जन्मिनु भएका प्रधानले बाल्यकाल भोजपुरमै विताएर उच्च शिक्षाका लागि तराई झरेपछि स्थायी बसोबासको लागि इटहरी रोज्नु भयो । पहाडबाट उच्च शिक्षा हासिल गर्न तराई झरेका युवास्थाका यामलाई पत्रकारिता गर्ने रहरले पत्रकारिता तर्फ आकर्षित गर्यो । पञ्चायती व्यवस्था जारी रहेकै समयमा वि.सं.२०४३सालबाट उने पत्रिकाहरुका समाचार लेख्न थाले । पत्रकारितालाई अघि वढाउने क्रममा दुइ दसक भन्दा लामो समय सम्म राष्ट्यि समाचार समितिका स्ट्रीन्जरका रुपमा काम गरेका उनले पत्रकारिताका माध्यमबाट पुर्याएको योगदानका कदर गर्दै धेरै संघ सस्थाहरुबाट सम्मानित समेत भएका थिए ।
पुर्व क्षेत्रमा पत्रकारहरुको संख्या न्युन रहेको समयमा क्रियाशिल पत्रकारिता गरिरहेका प्रधान समाचार संकलन र सम्प्रेषणका लागि पुर्वी पहाडी जिल्लाहरु सम्म पुगेको अनुज पत्रकारहरुलाई सुनाउथे । आफना समकालिन पत्रकारहरुसंग मात्र नभएर अनुजहरुसंग पनि समान व्यवहार र सहयोगी भावना राख्ने प्रधानले सुनसरीमा धेरै पत्रकारहरुलाई पत्रकारितामा ल्याउने काम गर्नुभएको थियो । पत्रकारितासंगै समकालिन साथीहरुले अन्य पेशा व्यवसाय अपनाएर आर्थिक अवस्था सुधार गरेपनि याम प्रधानले पत्रकारिता बाहेक अन्य पेशा केही नगरेको अग्रज पत्रकार कृष्ण अधिकारी वताउनु हुन्छ । राष्ट्रिय समाचार समितिमा लामो समय आवद्ध भएपनि प्रधानले धेरै सञ्चार माध्यमहरुमा काम गर्नु भएको थियो । धेरै इटहरी क्षेत्रबाट प्रकासीत हुन पत्रिका देखि एफएमहरुमा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रधानले सहयोग गरेको पाइन्छ । पुर्व क्षेत्रमा पत्रकारिता गर्नेहरु मध्ये धेरै सुचनाका स्रोत भएका पत्रकारमा पहिलो नम्बरमा पर्ने प्रधानका सुचना स्रोतहरुमा सरकारी निकायका कर्मचारीहरु देखि लिएर अन्य मानिसहरु सम्म पनि पहुँच राम्रो राख्नु हुन्थयो । लेखेर खाममा हालेर समाचार पठाउने समय देखि उच्च प्रविधिको प्रयोग गरी कम्प्युटरबाटै समाचार र टेलिभिजनका लागि फुटेज पठाइने अहिलेको समयमा पनि उत्तिकै सक्रिय साथ काम गरेका प्रधान राष्ट्रिय समाचार समितिबाट पटक पटक उत्कृष्ट समाचारदाता सम्मानबाट सम्मानित समेत हुनुहुन्थ्यो ।
प्रधानले लेख्ने समाचारका विषयवस्तुहरु संकलनका लागि आफै फिल्डमा पुग्ने गर्नु हुन्थ्यो । समाचार लेखनका लागि नयाँ पत्रकारहरुलाई माया र उत्तिकै सहयोग गर्ने भएपनि पछिल्लो समयमा पत्रकारितामा मौलाएको फिल्ड नपुग्ने अनि कपीपेस्टको भरमा समाचार लेख्ने कार्यको भने प्रधानले आलोचना गर्ने गरेको प्रधानका समकालिन पत्रकार हर्ष सुब्बा बताउनु हुन्छ । प्रधान पत्रकार आचारसहिंताको पालना गर्दै काम गर्ने गरेको आफुले पाएको साथै सबै विधाका समाचार लेख्ने भएका कारण पनि प्रधानको सम्पर्क सरकारी तथा गैरसरकारी ,सामाजिक आर्कािथक ,राजनैतिक ,व्वयापारी सबैसंग राम्रो सम्वन्ध राखेर सुचनाका स्रोतहरु वनाउने काममा अब्बल रहेको सुब्बा सुनाउनु हुन्छ । पुर्व क्षेत्रका एक कुशल पत्रकारका रुपमा परिचय वनाउन सफल याम प्रधान आफनो समकालिनहरुसंग मात्र नभएर आफु भन्दा कम उमेरका पत्रकारहरुसंग पनि दौतरी झै गरी काम गर्ने स्वभाव भएको आफु पाएको पत्रकार कृष्ण जुनेली वताउछन । प्रधानको जीवनको पछिल्लो समयमा संगै धेरै रिपोटिगंमा हिडेको वताउदै पत्रकार कृष्ण जुनेलीले याम दाई डायलिसिस गराएर आएपनि काममा संगै हिडेको स्मरण गरे ।
प्रधानलाई नेपाल पत्रकार महासंघले नेपालको पत्रकारिता क्षेत्रको सबै भन्दा उच्च सम्मान प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट २०७३ सालमा राष्ट्पतिबाट सम्मान गरेको थियो । सरकारी तथा गैरसरकारी क्षेत्रका धेरै पुरस्कार र सम्मान प्राप्त प्रधानले पाउनु भएको प्रमाण पत्रहरु रहेको प्रधानकी छोरी एलिसा प्रधान वताउनु हुन्छ । लोकतन्त्र पक्ष धर पत्रकार भएको कारण प्रधानलाई काग्रेसी पत्रकार भनेर भनिने गरेपनि उनले लामो समय सम्म काग्रेसले सरकारको नेतृत्व गरेपनि प्रधानले कुनै फाइदा नलिएको जानकारहरु वताउछन । पत्रकारितालाई नै जीवन ठान्ने प्रधान २०४३साल देखि पत्रकारिता सुरु गरेर ३३ वर्षिलो पत्रकारिता जीवन साथै श्रीमती र एक छोरीलाई समेत छोडेर वि.सं.२०७६ साल पौष १७ गते सदाका लागि विदा भएर जानु भयो ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो