इजरायलबाट २५० नेपाली लिएर नेपाल एयरलाईन्सको वाइडबडी विमान फर्कदै, काठमाडौंमा राती आइपुग्ने

फाष्ट मिडिया नेपाल संवाददाता

इजरायलमा रहेका नेपाली लिन गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान २५० जना नेपाली लिएर आज फर्कदैछ ।

केहीबेर अघि इजरायलबाट नेपाल आउन २५० जना नेपाली बिद्यार्थी विमान चढेका छन् । गत शनिवार प्यालेष्टाइनी उग्रवादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि १० जना नेपालीको मृत्यु भएको थियो । त्यसपछि अध्ययनका लागि इजरायल गएका बिद्यार्थी हमास र इष्जरायली सेनाको लडाइ जारी रहेकाले स्वदेश फर्किन लागेका हुन् ।

बिद्यार्थीरुलाई लिन बुधबार राति परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली इजरायल प्रस्थान गरेको थियो । सरकारले इजरायलमा समस्यामा परेका नेपालीहरूलाई जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय गरेको थियो । इजरायलबाट बिद्यार्थीहरु आज राति काठमाडौं आइपुग्नेछन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया