सबैको दशैं शुभ रहोस्

खगेन्द्र कार्की

हरेक वर्ष झै यस वर्ष पनि भाइचारा, एकता र सद्भाव लिएर सांस्कृतिक पर्व विजया दशमी नजिकिएको छ । हाम्रा आ–आफ्ना आर्थिक हैसियत र आर्थिक उपार्जनका आधारमा हामीहरु दशैंलाई हर्षोल्लाष बनाउने गरिँदै आएका छौं । अहिले परिस्थिति अनुकूल त छैन तर पनि हामीले हाम्रा पुरातन संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै उत्थानमा लाग्नु नै पर्दछ । आ–आफ्ना संस्कार र संस्कृति अनुसारले दशैंलाई विभिन्न जातजातिहरुले आ–आफ्नै ढंगबाट मनाउने गरेका छन् । 

कोरोनाको प्रकोप आएदेखि यता नेपालीहरु निकै कठिन परिस्थितिबाट गुज्रदै आएकै हुन् । सीमित स्रोत र साधनलाई मितव्ययी भएर खर्च गर्न कोरोनाकालले सिकाएकै राम्रो पक्ष पनि हो । भर्खरै मात्र परेको अविरल वर्षाले नेपालका गाउँघर रुवाएका छन् । मानिसहरुको रोजीरोटी, गाँस, बास र कपास खोजिएको अवस्थामा आएको यो दशैं सबैका लागि शुभ रहोस् । तमाम दुःख र कष्ट हरण होस् । बेरोजगार बनेका, गाँस, बास र कपास खोसिएका सबैले देशमा सरकार भएको, मानवियता रहेको र सहयोगी भाव नहराएको भन्ने अनुभूति दिन सकोस् । 

यस्तै यस्तै अवस्थाको स्वागत गर्दै भित्रिएको नेपालीको पवित्र र ठूलो पर्व दशैं यही अवस्थामा यो वर्षको बडा दशैं पर्वले सञ्चार जगतलाई सहिमार्गमा हिंडाउन सक्ने क्षमताको विकास गरोस् । 

विभिन्न आरोह अवरोह, चुनौति र सम्भावनाकावीच युवा जागरण मिडियाबाट प्रकाशन प्रशारण हुँदै आएको राष्ट्रिय युवा जागरण साप्ताहिक र फाष्ट मिडिया नेपाल अनलाई पोर्टल यहाँसम्म आइपुगेको छ । पाठकहरुको अदभुत माया र विज्ञापनदाताहरुको आशा, अपेक्षा र भरोसाले यहाँसम्म डो¥याउनु हुने तमाम पाठकवर्ग, विज्ञापन दाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा धन्यवादसहित आउँदै गरेका दशैं, तिहार, छठ तथा नेपालसम्बत् लगायत अन्य धेरै पर्वले यहाँको व्यक्तिगत, पारिवारिक र व्यवसायिक स्तर माथि उठाउन सकोस् । देश तथा विदेशमा रहनु भएका समस्त नेपालीहरुमा सुख, शान्ति र समृद्धि तथा सुस्वास्थ्य, दीर्घांयु, उन्नति र प्रगतिका लागि पूर्व सन्देश दैनिक हार्दिक शुभकामना व्यक्त गर्दछ । 

यस सञ्चारगृहप्रति खेल्नु भएको महत्वपूर्ण भूमिकाको स्मरणसहित उच्च कदरका साथ आउँदा दिनमा समेत यहाँको अपार माया, सद्भाव, सहानुभूति, साथ, सहयोगले निरन्तरता पाआउने आशा र विश्वासका साथ हामीबीचको सम्बन्ध अझ दर्बिलो, कसिलो र सहयोगी बन्न सकोस् फेरी पनि यहाँको व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक सुख, शान्ति र समृद्धिको कामना गर्दछौं । 

खगेन्द्र कार्की
प्रतिक्रिया