फाष्ट मिडिया न्युज डेक्स
इटहरी । हिजोका दिनमा २० वर्षसम्म कर्मचारीले चलाएको स्थानीय पालिका गाडिएको जरो उखेल्न नसक्दा सोचेजस्तो काम गर्न नसकेको अनुभव त्रियुगा नगरपालिका उदयपुरका नगरप्रमुख बसन्त कुमार बस्नेतको छ । तीन तहको सरकार परिकल्पना गरेपनि माथिल्ला निकाय संघीय र प्रदेशले आफ्नै हात माथि पर्ने प्रवृत्ति देखाए पछि स्थानीय तहले खासै काम गर्न नसकेको अर्को तितो यथार्थ पनि ओकल्छन बस्नेछ । उनले नेपालको संघीयतालाई नेपाली मोडलमा लगेर स्थानीय तह बलियो मात्र संघीयताले स्थायित्व पाउने आशा बोक्छन् । उनको आशा यतिमा मात्र सीमित छैन उनी अब आफ्नो पालिकालाई देशभरका पालिकाको टपटेनमा पु¥याउने अभियानमा जुटेको महत्वकांक्षी कुरा पनि सुनाउँछन् ।
विभिन्न बाधा, अड्चनका बाबजुद त्रियुगामा धेरै काम भएको फेहरिस्ता पनि नगरप्रमुख बस्नेतसँग छ । उनी भन्छन–१६ वटा वडा भएको त्रियुगाका कुनै पनि वडा प्राविधिकविहिन छैन । सबैमा प्रविधिकको व्यवस्था मिलाएको बताउँछन् । उले भने– वडाबाटै कर संकलन गर्न सक्ने अवस्था निर्माण गरेका छौँ । समग्रमा हामीले प्रशासनिक सुधार गर्यौँ । त्यस्तै, शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम भएका छन् । यहाँ स्वास्थ्यको अवस्था नाजुक थियो । हामीले अस्पताललाई विशेषज्ञसहितको अस्पताल बनाउन आर्थिक र प्रविधिक लगानी गर्यौँ । हामीले यसमा ठुलै उपलब्धि हासिल गरेका छौँ ।
शिक्षामा कुरा गर्दा स्थानीय पाठ्यक्रम लागू गरिसकेका छौँ भने विद्यालयमा हुने गरेका विकृतिलाई निर्मूल गर्न अनुगमनको पाटोलाई सक्रिय बनाएका छौँ । पालिकामा रहेका संस्थागत र सामुदायिक विद्यालयलाई एउटै तरिकामा सञ्चालन गर्न संयुक्त क्यालेन्डर नै बनाएका छौँ । त्यस्तै, विद्यालय तहमा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् ।
पूर्वाधार निर्माणतर्फ पनि धेरै काम भएका छन् । उदाहरणका लागि रिङरोड निर्माणका लागि हामीले प्रक्रिया सुरु गरिसकेका छौँ । त्यस्तै, बसपार्क निर्माणका लागि डिपिआर तयारी अवस्थामा छ । यसका लागि नगर विकस कोषसँग २४ करोड रुपैयाँको ऋण लिने काम भएको भन्दै बस्नेतले आशा जगाए । तर नगरपालिकाको मुख्य विषय बसपार्क अहिले मात्र होइन २, ३ कार्यकाल थपिए पनि बन्न नसक्ने निराशावादी कुरा सुनाए । उनी भन्छन्– नगरपालिकामा २ वटा राजमार्ग पर्छन् । एउटा सगरमाथा राजमार्ग र अर्को मदन भण्डारी राजमार्ग । यी २ राजमार्गले त्रियुगालाई २ तिरबाट चिरेको छ । बसपार्क संघीय सरकारबाट बन्न सुरु भएको थियो । तर, ठेकदार कता, संघीय सरकार कता । बेपत्तै छन् । काम अतिकति सुरु भएको थियो । त्यसपछि ठेकदार बेपत्ता छ । फोन गर्यो उठ्दैन । अर्को बसपार्क मदन भण्डारी राजमार्गमा पर्छ । यसका लागि ८ बिघा जग्गा छुट्याइएको छ । योचाहिँ नगरपालिका आफैँले बनाउने सुनाउँछन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो