लमजुङको दोर्दी गाँउपालिकामा एक समलिंगी जोडीको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको हो ।
लमजुङको दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएको पालिकाले त्यसलाई दर्ता गरेको छ । योसँगै नेपाल दक्षिण एसियामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकको विवाह दर्ता गर्ने पहिलो देश बनेको छ।
माया र सुरेन्द्रले २०७४ असोजमा काठमाडौं सोह्खुट्टेमा गरेको विवाहलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन एवं परिपत्रका आधारमा गाउँपालिका कार्यालयले विवाह दर्ता गरेको जनाएको छ।
समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले समलिंगी विवाह नेपालकै पहिलो भएको दाबी गरे । उनले भने, ‘आजको दिन नेपालमा समलिंगी अधिकारका लागि कोशेढुंगा हो । यो नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै पहिलो घटना हो ।’गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो