ईटहरी÷ केहि दिन अघि फैलिएको वर्डफ्लुका कारण सुनसरीमा मात्र ३० करोड रुपैयाँ भन्दा बढिको क्षति भएको छ । बर्डफ्लू संक्रमणका कारण २३ वटा फर्मका लेयर्स र ब्रोइलर कुखुरा नष्ट गरिदा यो क्षति भएका हो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाद्वारा परीक्षण गर्दा रोग पुष्टि भएपछि ती फर्मका कुखुरा नष्ट गरिएको हो । बर्डफ्लू संक्रमण देखिनासाथ उच्च सतर्कता अपनाउँदै कुखुरा फर्महरूमा कडा निगरानी गरिए पनि संक्रमण फैलिँदा ३० करोडभन्दा बढीको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले जनाएको छ । केन्द्रका प्रमुख डा. मनोज महतोका अनुसार करिब एक महिनादेखि देखिएको संक्रमणका कारण कुखुरापालक किसानहरू ठूलो क्षतिमा परेका छन् । संक्रमित फर्मका कुखुरा क्रमशः नष्ट गरिँदै आएको उनले जानकारी दिए ।
पशु सेवा विज्ञ केन्द्र सुनसरीका अनुसार सुनसरी पोल्ट्री फर्महरूमा रहेका करिब एक लाख ४५ हजार कुखुरा रोग पुष्टि भएपछि नष्ट गरिएको छ । हालसम्म लेयर्स दुई लाख १७ हजार, ब्रोइलर माउ १६ हजार ८५३, ब्रोइलर ४४ हजार ५५० तथा करिब दुई लाख २६ हजार ५३० अण्डा नष्ट गरिएको छ । वर्डफ्लुकै कारण झापा र मोरङ्का व्यवसायीक कुखुरा पालक किसानहरुले पनि ठुलो नोक्सानी व्यहोरोका थिए ।
कुखुरा तथा अण्डामा आत्मनिर्भर हुँदै गएको पोल्ट्री क्षेत्र वर्डफ्लु महामारीका कारण ठुलो धक्का सहन बाध्य भएको छ । क्षति व्यहोरेका किसानलाई सरकारले राहत उपलव्ध गराएर व्यवसायलाई पुनः गति दिन आवश्यक रहेको किसानहरुले जनाएका छन् । राहत र क्षतिपूर्तीको अभावका खोर रित्तिएका किसान पुन व्यवसायमा फर्किन कठिन हुनका साथै धेरैको घरबारनै गुम्ने अवस्थामा पुगेको उनीहरुको गुनासो छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो