काठमाडौं । सत्ता सञ्चालनमा नेपाली कांग्रेससँग भएको सहमति अनुसार अब अरुले सत्ता चलाउने बेला आएपछि अनेकन तानाबाना बुन्न प्रधानमन्त्री प्रचण्ड लागि परेका छन् । उनले वालुवाटारमा बसेको पदाधिकारी बैठकमा हिजोका गल्ती स्वीकार गर्दै फेरी वामपन्थी एकता गर्ने विन्दुमा पुगेको बताएर कांग्रेसलाई झस्काएका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी पार्टीका सचिव देवेन्द्र पौडेलले देशमा फेरि वामपन्थीहरूको एकताको प्रसङ्ग उब्जिएको बताएका छन् ।
यस्तै एक अर्को कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफु जीवित रहेसम्म देशमा उथलपुथल भईरहने प्र्रतिक्रिया समेत दिएका छन् । काठडमाडौंमा शहिद सप्ताह कर्याक्रमलाई सम्बोधन गर्दै उनले आफू नमर्दासम्म देशमा उथलपुथल भईरहने । आफू पटक पटक घेराबनदीमा परिरहने भए पनि त्यो घेराबन्दी तोड्दै यहाँसम्म आइपुगेको प्रतिक्रिया दिएका ह्न् ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो