महिला बचत तथा ऋण सहकारी संस्थाको २७ औ स्थापना दिवसकाे अवसरमा ३९ जनालाई सम्मान

सुप्रिया राई

इटहरी । महिला बचत तथा ऋण सहकारी संस्थाको २७ औ स्थापना दिवसकाे अवसरमा ३९ जनालाई सम्मान गरेकाे छ ।

  महिला बचत तथा ऋण सहकारी संस्थाले बचत तथा ऋणको मात्र कारोवार नगरेर विभीन्न जनचेतनामुलक कार्यक्रम,स्वास्थ्य सम्बन्धी कार्यक्रम,वातावरण,कृषी ,जेष्ठ नागरीक,बालवालीकालाई लक्षित गरेर पनि काम गरीरहेको संस्थाको उपाध्यक्ष  पद्मा पन्धाकले कार्यक्रममा स्वागत गर्दै जानकारी गराईन  ।

नेपालको ऐनमा उल्लेखीत सहकारी सिद्धान्त अनुसार संञ्चालन भएको साथै संस्थामा कानुनी सल्लाहकार,आर्थीक सल्लाहकार,प्रविधिमैत्री कर्मचारी र एउटा भिजन भएको संचालक समीतीले संञ्चालन गरेको महिला बचत तथा ऋण सहकारी संस्थामा १० हजार भन्दा वढि सेयर सदस्य रहेको समेत उपाध्यक्ष  पन्धाकले जनाकारी गराईन ।

इटहरी उपमहानगरपालीकाको उपमेयर संगीता चौधरीको प्रमुख आतित्थ्यतामा भएको स्थापना दिवस कार्यक्रममा सभपति संस्थाकी अध्यक्ष मुना तिमसीना रहेकी थिइन,त्यसैगरी राष्ट्रिय सभा सदस्य रुकमणी कोइराला,टोलबिकास सहकारीको अध्यक्ष राजेन्द्र केसरी,सस्थाकाे काेषाध्यक्ष पुनम थापा मगर    निवर्तमान अध्यक्ष मिनु न्यौपाने लगायतको उपस्थीती रहेको थियो ।

 सस्थाले विभिन्न सयममा समाजमा योगदान पु¥याउदै आएको ब्याक्तिहरुको कामको कदर गर्दै सम्मान गर्ने गरेकोमा यस पटक पनि ३९ जनाई सम्मान गरेको छ  ।







सुप्रिया राई
प्रतिक्रिया