इटहरी । हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा यही चैत २२ गतेदेखि २८ गतेसम्म अन्तर्राष्ट्रिय स्तरको भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन आज इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो।
इटहरीस्थित जनता कलेजको खेल मैदानमा आयोजना हुने छैटौं संस्करणको अन्तर्राष्ट्रिय हाम्राे इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा विजेता टोलीलाई नगद रु. १ लाख १ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यसैगरी उपविजेता टोलीले रु. ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछ।
प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरू सम्मिलित विभिन्न टोलीहरू गरी आयोजकसहित कुल ८ वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष रामशरण चौधरीले जानकारी दिएका छन्।
त्यसैगरी प्रतियोगिताअन्तर्गत प्रत्येक दिनको ‘म्यान अफ द म्याच’लाई जनही रु. १ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही रु. २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय खेलाडीबीच प्रतिस्पर्धा र आपसी सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास गरिएको
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो