इटहरी । अर्जुनधारा नगरपालिका वडा नं ७ की वडा सचिव समेत रहेर काम गरेकी लुइटेल बिर्तामोड क्षेत्रका धेरै युवा व्यवसायीहरुबाट आर्थिक कारोबार गरी हाल सम्पर्कविहीन भएको पाइएको छ।
सम्पर्कविहीन भएकी लुइटेललाई बिर्तामोड दमक लगायतका पिडितहरुले इटहरी उपमहानगरपालिका कार्यालयमा पुगेर भेट गरी व्यवहार मिलाउन समेत आग्रह गरेका थिए। प्रसासन शाखामा समेत उजुरी परेपछि लुइटेललाई व्यवहार मिलाउन उपमहानगरपालिकालाई समेत आग्रह गरेको हो।
अर्जुनधारा नगरपालिका वडा नं ७ को वडा कार्यालयको कार्यालय व्यवस्थापनका निम्ति खरिद गरिएको २ लाख १५ हजार को सामान कोकारोबार समेत नमिलाइकन इटहरी सरुवा भएको पाइएको हो।
हाल लुइटेल इटहरीबाट समेत लामो समयसम्म काज बिदामा बसेको पाइएको छ।
उनको काज विदालाइ समेत उपमहानगरपालिकाले कानुनसम्मत नभई आफू खुसी बिदा दिएको आरोप लागेको छ। सुनसरी निवासी लुइटेलले झापा मोरङ तथा सुनसरीका धेरै व्यवसायी तथा युवाहरुबाट १ करोड भन्दा धेरै रुपैयाँ उठाएर सम्पर्कविहीन भएको पाइएको हो। लुइटेललाई उनको नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेको छैन। itahari samachar/sunsari press
फाष्ट मिडिया नेपाल संवाददाता
१२ जेठ २०८३, मङ्गलबार ०८:५५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो