इटहरी । किरात राई बान्तवा खिम, इटहरी उपमहानगरपालिकाको आयोजनामा बरगाछी टोल इटहरी 10 स्थित बान्तवा खिम भवन परिसरमा उधौली–साकेन्वा (साकेला) चाड भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा किरात राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीले जाडो याम सुरु भएसँगै चिसोबाट जोगिन कराङकुरुङ चराहरू समुद्र आसपासका तातो भू–भागतर्फ सर्ने समयलाई उधौली भनिने परम्परागत मान्यता रहेको जानकारी गराए।
किरात समुदायका मौलिक संस्कार र संस्कृति लोपोन्मुख अवस्थामा रहेकाले त्यसको संरक्षण र प्रवर्द्धनका लागि यस्ता चाडपर्व निरन्तर मनाइरहन आवश्यक रहेकोमा जोड दिएका छन।
कार्यक्रममा धामीहरूद्वारा मुन्धुमअनुसार तीन ढुंगाको चुलोमा विधिपूर्वक पूजा गरी कुखुरा चढाइयो। साथै सहभागीहरू जातीय भेषभूषामा सजिएर सामूहिक रूपमा साकेला नृत्य प्रस्तुत गरेका थिए।
उधौली–साकेन्वा कार्यक्रममा हङकङ, अमेरिका, काठमाडौं, धरानलगायत विभिन्न स्थानबाट आएका किरात समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस्ता कार्यक्रमले समुदायबीच आपसी सद्भाव, सांस्कृतिक एकता र पहिचानलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो