फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । इटहरी उपमहानगरपालिकाले काम चापलाई मध्यनजर गरेर आर्थिक वर्षको अन्तिम महिना असारभर सार्वजनिक बिदा नदिने भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकाले असार महिनाभर सार्वजनिक बिदाका दिन पनि कार्यालयको सेवा निरन्तर प्रवाह गर्न प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहेताद्धारा हस्ताक्षरित सुचना पत्रमा उल्लेख छ ।
उक्त पत्रका अनुसार आर्थिक वर्ष २०७९ ८० को समाप्तिसँगै असार महिनाभर कामको चाप बढी हुने भएकाले उपमहानगरपालिका र मातहतका २० वटै वडामा सार्वजनिक बिदा हुने छैन । मेहताले सूचना प्रकाशन गरी नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरू बिदाका दिन पनि सञ्चालन हुने बताएका छन् ।
खगेन्द्र कार्की
२१ असार २०८०, बिहिबार ०७:४० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो