माता तिर्थ औँशीको अवसरमा नेपाल तरुण दल इटहरीद्वारा आमाहरुलाई सम्मान

सुप्रिया राई

इटहरी  । आज माता तिर्थ औँशीको शुभ अवसरमा नेपाल तरुण दल इटहरी उपमहानगर समितिले श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम, इटहरीमा विशेष कार्यक्रम आयोजना गरी आमाहरुलाई आवश्यक लत्ता कपडा र मिठाइ वितरण गरेको छ।


प्रत्येक वर्ष आमालाई श्रद्धा, सम्मान र मायाको प्रतीकस्वरूप नयाँ कपडा र मिठो मसिनो खान दिनुका साथै उहाँहरूबाट शुभकामना र आशीर्वाद ग्रहण गर्ने परम्परालाई कायम राख्दै नेपाल तरुण दलले यस वर्ष पनि यो सामाजिक कार्य सम्पन्न गरेको हो।


कार्यक्रममा नेपाल तरुण दल इटहरी उपमहानगर समितिका अध्यक्ष अनिश सुवेदी, उपाध्यक्ष मनिष चौधरी, सचिव एबिन निरौला र कोषाध्यक्ष स्मारिका शर्मासहितका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।


उनीहरूले आमाहरूप्रति कृतज्ञता प्रकट गर्दै भविष्यमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।

सुप्रिया राई
प्रतिक्रिया