११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा इटहरीमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न
इटहरी ।११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योग समिति, इटहरी उपमहानगर समितिको आयोजनामा इटहरीका विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको पहिलो दिन इटहरी चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने दोस्रो दिन योग शिक्षक प्रशिक्षण तालिम सञ्चालन गरियो।
तेस्रो दिन सुगर, प्रेसर, थाइराइड, ग्यास्ट्रिक तथा नशासम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। चौथो दिन ‘संस्कारयुक्त शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ नर्थ पोइन्ट इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरुसँग योग ध्यान कार्यक्रम गरियो।
पाँचौं दिन मानव धर्म सेवा समितिमा प्रोटोकल अभ्यास गरिएको थियो। छैठौं दिन साधना केन्द्र, इटहरीमा यज्ञ तथा होमादी कार्यक्रम सम्पन्न भयो।
अन्तिम सातौँ दिन ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी, पकलीमा प्रोटोकल अभ्यास गरिएको थियो।
समापन समारोहमा पतञ्जलि योग समिति इटहरी उपमहानगर समितिकी अध्यक्ष उर्मिला कटुवालले योगलाई मानव जीवनको सर्वाङ्गीण विकासको आधार, जीवनशैली र आत्मा–परमात्मासँगको सम्बन्ध जोड्ने माध्यमका रूपमा उल्लेख गर्दै योग दिवसलाई सप्ताहव्यापी रूपमा मनाउनुको उद्देश्य नै आम सर्वसाधारणमा योगप्रति जागरूकता फैलाउनु रहेको बताइन्।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो