इटहरी ।सुनसरी जिल्लाको खोर्साने खाप क्षेत्रमा करिब ६५ घरधुरीको बसोबास रहेको छ,केही वर्षअघिसम्म आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित यस स्थान पछिल्लो समय ओझेलमा परेको स्थानीयहरू बताउँछन् ।
स्थानीयका अनुसार करिब ८–१० वर्षअघि यहाँ उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका थिए,विशेषगरी विराटनगर, इनरुवा, झापा र धरानबाट पर्यटकहरू घुम्न आउने गर्दथे, त्यसबेला तीनवटा घरमा होमस्टे सञ्चालन गरिएको थियो, जहाँ स्थानीय संस्कृति, खानपान र जीवनशैलीको अनुभव गर्न पाइन्थ्यो ।
पर्यटकलाई आकर्षित गर्न रोटे पिङ, लिङ्गे पिङजस्ता परम्परागत संरचना बनाइएका थिए भने खोर्सानीबाट तयार पारिएको (लागो) पनि विशेष आकर्षणको रूपमा रहने गरेको थियो, यस क्षेत्रको नाम ‘खोर्साने खाप’ रहनुमा पनि जंगलमा पाइने प्रशस्त खोर्सानी नै कारण रहेको स्थानीयको भनाइ छ ।
त्यसैगरी, पर्यटकलाई राइ समुदायको मौलिक सांस्कृतिक नृत्य ‘पापानी नाच’ पनि प्रदर्शन गरिन्थ्यो, जसले यहाँको सांस्कृतिक पहिचान झल्काउने काम गरेको थियो ,
तर समयसँगै पर्यटक आगमन घट्दै गएको छ भने जंगलमा पाइने जिरे खोर्सानीसमेत अहिले कम हुँदै गएको स्थानीय खगेन्द्र राईले जानकारी दिए ।
खोर्साने खापलाई पुनः पुरानै अवस्थामा फर्काउनका लागि स्थानीयहरूले विभिन्न पूर्वाधार विकासको आवश्यकता औंल्याएका छन्, उनीहरूका अनुसार खोर्सानीको आकृतिमा प्रवेशद्वार निर्माण, खानेपानीको व्यवस्थापन तथा पोखरी सञ्चालन गर्न सके पुनः पर्यटक आकर्षित गर्न सकिने विश्वास लिइएको छ ।
स्थानीयकै लगानीमा सञ्चालन गरिएको होमस्टे तथा सांस्कृतिक गतिविधिहरूलाई व्यवस्थित गर्दै पुनर्जीवन दिन सके खोर्साने खाप पुनः एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो