आजको पाठकको पुर्पुरो : वि.सं. २०७९ चैत्र ५ गते (तदनुसार २०२३ मार्च १९) आइतबार

खगेन्द्र कार्की

मेष – दिन राम्रो छ । विगतको उपलब्धिले काममा उत्साह जगाउनेछ । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । महत्वपूर्ण पात्रहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । रचनात्मक कामको माध्यमबाट आम्दानीको दिगो स्रोत जुट्न सक्छ । आरोग्यता बढ्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – भाग्यबल बढ्ने समय भए पनि आज सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । इर्ष्या गर्नेहरूसँग आज जोगिनु हितकर होला । स्वास्थ्य कमजोर रहे पनि आज कामको बोझ बढ्नेछ भने सहयोगको आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । कार्यमा सफलता भने प्राप्त हुनेछ । मनोरञ्जनपूर्ण खानपान कार्यक्रममा सहभागी भइने योग छ । रसरागमा आकर्षित हुनु हुनेछ

मिथुन – नसोचेको कुरामा विवाद उत्पन्न हुनाले मन खिन्न तुल्याउन सक्छ । तथापि, रचनात्मक काम गरेर दैनन्दिनीमा सुधार ल्याउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाट हुने समय छ । कार्यक्षमता वृद्धि हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – भागदौड वृद्धि हुनेछ । कामसम्बन्धी विभिन्न झमेला आइलागे पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । आजको दिन आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । स रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आजको दिन साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । दामपत्य सुख बढ्नेछ । आरोग्यता बढ्नेछ । खेलकुद तथा भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – आजको दिन गोप्यतामा विशेष ध्यान दिनु हितकर हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन, सजग रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि, तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आजको दिन यथासक्य कम बोल्दा हितकर हुनेछ । बोली–व्यवहारमा सजग रहनुहोला । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिने योग छ । मानसम्मानमा चोट पुग्न सक्छ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

वृश्चिक – व्यस्तता वृद्धि हुनेछ । सहयोगीहरूको माध्यमबाट काममा फाइदा उठाउन सकिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । आँटेका काम बन्नाले जोश–जाँगर पनि बढ्ला । प्रेम र मित्रताको बन्धन कसिनेछ । घरखर्च भने बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यश वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

धनु – पराक्रम बढ्नेछ । अरूको भावना बुझ्ने चेष्टा गरे मित्रमण्डलीमा आत्मियता बढ्ला । सुखदुःखमा साथ दिनेहरू कमै भेटिए पनि प्रेमको गाँठो कसिन सक्छ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् । रोकिएको काम बन्नेछ । धनको आगमन भैरहनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – पढाइलेखाइमा प्रगति हुने समय छ । आज स्वास्थ्यप्रति भने विशेष सावधानी अपनाउनु हितकर होला । खर्च लागे पनि प्रयत्न सफल हुने समय छ । साझेदारीमा सम्बन्ध बिग्रनाले अप्ठ्यारोमा पर्न सकिनेछ, सावधान रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – शुभ समाचार प्राप्त होला । बुद्धिको उपयोगले काम लिने समय छ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त टाढिन सक्छन् तर महत्वपूर्ण पात्रसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । वार्तामा सफलता मिल्नेछ ।

मीन – भाग्य बलवान् रहनेछ । आयबल वृद्धि हुनेछ । रोकिएका काममा दोहोऱ्याएर प्रयास गर्दा फाइदा हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया