इटहरी । युनिसेक्स पार्लर सेवा प्रदान गर्दै आएको ‘फेसियल हाउस’ले आफ्नो १० औं शाखा इटहरीको सेन्ट्रल प्लाजामा विस्तार गरेको छ। शाखाको उद्घाटन इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले रिबन काटेर गरेकी हुन्।
सौन्दर्य सेवा अन्तर्गत कपाल तथा छाला सम्बन्धी हेयर कलर, स्ट्रेट, कर्ली, ट्रीटमेन्ट, मेडीकेयर, जेल नेल, माइक्रोब्लेडिङ, पिम्पल तथा चायापोता उपचार लगायतका सेवा फेसियल हाउसमार्फत उपलब्ध हुने जनाइएको छ।
फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा उद्योग वाणिज्य संघ काठमाडौंकी सचिव सुस्मा महराका अनुसार, संस्थाले छोटो समयको नाफाभन्दा दीर्घकालीन व्यवसायिक लक्ष्य लिएको छ। उनका अनुसार, सामूहिक रूपमा कस्मेटिक सामग्री खरिद गर्ने प्रणालीले लागत घटेकाले ग्राहकलाई सुपथ मूल्यमा सेवा दिन सम्भव भएको हो।
यसअघि झापामा सञ्चालनमा आएको शाखा कोभिड-१९ का कारण बन्द भएको भए पनि अहिले पुनः पूर्वमा सेवा विस्तार गरिएको महराले जानकारी दिइन्। काठमाडौं, चितवन, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेतमा शाखा विस्तार भइसकेको फेसियल हाउसले इटहरीबाट पनि सेवा सुरु गरेको हो।
कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, व्यवसायी गायत्री भण्डारी, इटहरी वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पाेखरेल लगायतले व्यवसाय प्रवर्धनमा स्थानीय तहबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो