रोल्पामा जीप दुर्घटनामा परी १७ जनाको गयो ज्यान

खगेन्द्र कार्की

काठमाडौं । रोल्पा जिल्लाको थबाङ गाउँपालिका–१ मा भएको भीषण जिप दुर्घटनाले ठूलो मानवीय क्षति निम्त्याएको छ। बिहीबार दिउँसो करिब ३ बजेतिर भएको उक्त दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ। मृतकहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको जनाइएको छ।
रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप कच्ची तथा अत्यन्त जोखिमपूर्ण सडकबाट करिब ८०० मिटर तल भीरमा खसेको थियो। दुर्गम र भीरालो भूभागका कारण उद्धार कार्य अत्यन्त कठिन भइरहेको छ।
प्रहरीका अनुसार घटनास्थलमै १७ जनाको ज्यान गएको पुष्टि भएको छ भने घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई नजिकका स्वास्थ्य संस्थामा पुर्‍याउने प्रयास जारी छ।
दुर्घटनाको वास्तविक कारण अझै खुलेको छैन। प्रारम्भिक रूपमा तीव्र गति, सडकको खराब अवस्था वा सवारी साधनको प्राविधिक समस्या हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया