बाँचेर अझै यो समाजलाई योगदान गर्नुछ : जटिल स्वास्थ्य समस्याले अस्पलताको बेडमा पुगेका पत्रकार दियालीको दुवै मृगौला फेल भएपछि सहयोगको याचना गर्दै

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । धरान  र तीन दशक लामो सयमदेखि पत्रकारितामा सक्रिय इटहरीका पत्रकार पिबी दियालीको दुवै मृगौलामा समस्या आएको छ । दुवै मिर्गौला काम नलाग्ने भएपछि उनले थप उपचारको निम्ति सरकार, सामाजिक संघ संस्था र मनकारी दाताहरुसँग सहयोगको याचना गरेका छन् । 

पछिल्लो ३० वर्षदेखि इटहरीमा सक्रिय व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकार दियाली विश्वकर्माले आफनो दुवै मिर्गौलाले काम गर्न छाडेको बताउँछन् । उनले धरानस्थित विपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका छन् । दुवै मृगौलाले काम नगरे पछि चिकित्सकहरुले मृगौला फेर्नु पर्ने सल्लाहा दिएका छन् । थप उपचारको निम्ति आर्थिक हैसियत नभएकाले सहयोगको निम्ति अनुरोध गर्न बाध्य भएको उनको भनाई छ । 

थप उपचारको निम्ति पत्रकार महासंघ केन्द्र र महासंघका प्रदेश समितिलाई जानकारी गराएको उनले बताए । दियालीले दाताहरुलाई समयमा सहयोगका लागि याचना गरेका छन् । दियाली लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी हुन् । लामो समय उच्च रक्तचाप र मधुमेहको कडा औषधि सेवन गरेका कारण मिर्गौला खराब भएको हुनसक्ने उनको ठम्याई रहेको छ । 

४८ वर्षे दियाली ईटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक पनि हुन् । उनले धरानबाट प्रकाशित ब्लााष्ट दैनिकबाट पत्रकारिता शुरु गरेको बताउँछन् । संकटकालको समयमा तीन महिना प्रहरी हिरासतमा परेका दियालीलाई ३ सय ३५ दिन त नजरबन्दमै राखिएको थियो । उनले लोकतन्त्र स्थापनाका लागि र पत्रकारिताका विकासका लागि महत्वपूर्ण योगदान दिएका छन् ।

दियाली नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजकको जिम्मेवारीमा छन् । उनले नेपाल दलित पत्रकार संघ र  समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्य पनि हुन् । सम्पत्तिको नाममा इटहरीमा एउटा सानो घर, श्रीमती र एक छोरा छन् । 

अस्पलताको बेडमा रहेका बेला स्वास्थ्यलाभको कामना गर्न पुगेका विभिन्न व्यक्तित्वहरुले दिएको बचनले उनी निराश भने छैनन । आफू बाँचेर अझै यो समाजलाई केही योगदान गर्छ सक्छु भन्ने हिम्मत र आँट दियालीमा रहेको छ । उनी निराश नभई भन्छन– मैले धेरै कुरा सिके । अब बाँचेछु भने नयाँ ढंगले काम गर्छु । अहिलेसम्म अर्काका लागि धेरै साथ, सहयोग गर्दै काम गरेको छु, अहिले आफूलाई पर्दा को कसले त्यो भूमिकाको कदर गर्ने हुन त्यो हेर्न बाँकी रहेको उनको तर्क छ । आफूलाई भेट्न गएका मानिसहरुको बेली बिस्तार लगाउँदै उनी भन्छन– नेकपा माओबादी केन्द्रीय सद्स्यहरु हाम्रो प्रदेश तिर जिम्मेवारी र सक्रीयताका दृस्टीकोणले निक्कै लोकप्रीय नेता तथा नेत्री कमरेड निर्मल बराल र अनिता परियार ज्यु आउनु भयो। मेरो स्वास्थ्य सम्बन्धमा निक्कै सम्बेदनशील तरिकाले चासो राखेको अनुभूति भएको छ।साथमा नेकपा एसका प्रदेश स्तरीय नेता तथा इटहरीमा चर्चित इन्खा अस्पतालका प्रमुख अनि नागरिक स्तरबाट गठीत म बचाउ अभियानका सन्योजक डा. खगेन्द्र ओली ज्यु पनि हुनु हुन्थ्यो। समाजबादी प्रेश सङ्ठन कोसी अध्यक्ष तथा पहिलाका मुख्यमन्त्रीका प्रेश सल्लहकार बरिस्ठ पत्रकार बन्धु पोखरेल ज्यु पनि आउनु भयो। यस अघि नेपाल पत्रकार महासाङघ प्रदेश कमिटिका उपध्यक्ष ,महासचिब,सचिव लबदेव ढुङ्गाना ,बिबेक गौतम ,देबेन्द्र कार्की ज्यु आएर भेटनु भयो– उनले आफ्नो फेसबुकमा लेखेका छन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया