इटहरी ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) प्रदेश नम्बर १ को आयोजना र साँगुरीगढी गाउँपालिकाको आर्थिक सहयोगमा २६औं स्थापना दिवस तथा ‘पहिचान पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा आदिवासी जनजाति समुदायको पहिचान, भाषा, संस्कृति र पत्रकारितामा गरेको योगदानलाई सम्मान गर्ने उद्देश्यले पत्रकार सारदा तामाङ र दिलकुमार लावतीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको हो। प्रमुख अतिथि साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले दुवै पत्रकारलाई सम्मान गर्दै पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएकाले निष्पक्ष, सत्य र जनमुखी पत्रकारिताको निरन्तर आवश्यकता रहेको उल्लेख गरे।
उनले भने, “पत्रकारिता केवल समाचार लेख्ने पेशा मात्र होइन, यो समाजलाई सचेत, सूचित र जिम्मेवार बनाउने शक्ति हो। पत्रकारहरूको हकअधिकार सुनिश्चित हुनु लोकतान्त्रिक मुलुकको मूल आधार हो।”
प्रदेश १ फोेनिजका अध्यक्ष विजयबोध लावतीकाे सभापतित्वमा भएकाे कार्यक्रममा अग्रज पत्रकारहरू हर्ष सुब्बा, निलिफा सुब्बा, सन्त लामा लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूले पत्रकारिताको नैतिकता, विविधतापूर्ण प्रतिनिधित्व र सम्पूर्ण समुदायको समावेशीकरणमा फोेनिजको भूमिकाको प्रशंसा गरेका थिए।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो