पाठकको पुर्पुरो : वि.सं. २०८० आषाढ ९ गते (तद्अनुसार सन् २०२३ जुन २४ तारिख) शनिबार आषाढ शुक्ल पक्षको षष्ठी तिथि

खगेन्द्र कार्की

मेष – आजको दिन पेशागत रुपमा समस्या देखिन सक्छ । बेकारको विवादमा फस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोल्नु हितकर होला । अनावश्यक डर, वादविवाद हुन सक्छ, सचेत रहनुहोला । तर ब्यापारमा भने फाइदै होला । अनौठो समाचार पनि सुन्न पाइने योग छ । प्रेममा आकर्षण बढ्नेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ । अरुबाट प्रशंसा पाएर मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ भने दिदी बहिनी वा कुटुम्बका काममा सघाउनु पर्ला । मनमा दुविधा रहे पनि ब्यापार तथा जागीरमा दिन ठिकै छ । व्यस्तता वृद्धि हुनेछ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान

मिथुन – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने समय छ । खुसीको खबर प्राप्त होला । वैदेशिक क्षेत्रमा गरेको लगानीले पनि फाइदै गर्ने देखिन्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । रसरागको भाव जागृत होला ।
सुख वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – धननाश हुन दिने छ । पीडा दिनेहरु सक्रिय रहलान् । स्वास्थ्यका लागि खानामा ध्यान पुऱ्याउनुहोला । व्यर्थको खर्च हुने योग रहेकोले खर्च घटाउने प्रयास गर्नु हितकर होला । समय चुनौतीपूर्ण भए पनि सामर्थ्य बढ्नेछ । रसरागतर्फ मन जाला ।

कन्या – नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । पढाइमा सफलता मिल्नेछ भने ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । मुद्दा-मामिलामा विजयी भइनेछ । दिन उत्साह र खुशीका साथ बित्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुने र रसरागमा आकर्षण बढ्ने समय छ ।

तुला – व्यवहारिक क्षेत्रमा मन लाग्ने समय छ । आफन्तमिलनले सुख दिनेछ । पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनको दृष्टिले राम्रो दिन छ । सोचेभन्दा बढी नै लाभ हुने योग छ । आय र आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्मबल बढ्ने र शुभता वृद्धि हुनेछ । आज कामहरू सजिलै बन्नेछन् । प्रतिष्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । ब्यापारबाट सामान्य नाफा होला । हासखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । सकारात्मक काम बन्नेछ । भ्र्रमण आदिमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

धनु – आजको दिन सहयोगी ठानिएका वा मित्रजनबाटै धोका मिल्न सक्छ । घरेलु समस्याले सताउने समय छ । स्वास्थ्यप्रति पनि विशेष सतर्क रहनु हितकर होला । धनमाल हराउनाले उदासी बढाउन सक्छ । टाढाको यात्रा गर्ने योजना छ भने आज थाती राखेकै बेस हुनेछ । दायित्व बढ्ने समय छ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – सानातिना काम वा घरेलु समस्यामा अल्झनुपर्ने समय छ । तर नसोचेको धनलाभ हुने योग छ । आजको दिन आर्थिक लेनदेन नगर्नु हितकर होला । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ, सावधान रहनुहोला । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – भागदौड बढेपनि प्रयासरत काम बन्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष आज सन्तोषजनक रहनुका साथै काम बन्नाले सुखको अनुभव हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । पठन–पाठनमा पनि प्रगति हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – नयाँ कामको योजना बन्ने सम्भावना छ । आज शुरु गरिएका कामले दीर्घकालिन हित हुनेछ । कर्ममा उत्साह र जाँगर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला । पढाइमा र व्यापारमा सफलता मिल्नेछ भने मित्रजनसँग रमाइलो भेटघाट होला । प्रेमभाव बढ्नेछ । पराक्रम वृद्धि हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया