पाठकको पुर्पुरो : वि.सं. २०८० ज्येष्ठ २८ गते (तद्अनुसार सन् २०२३ जुन ११ तारिख) आइतबार आषाढ कृष्ण पक्षको अष्टमी तिथि

खगेन्द्र कार्की

मेष – समय राम्रो छ । व्यापार-व्यवसायमा लाभ हुनेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । तपाईंको प्रतिभाको कदर हुनेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहने हरुको लागि समय विशेष उत्साहप्रद देखिन्छ । आयबल बढ्ला । विलासी काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष– मान्यजन तथा अभिभावकवर्ग असन्तुष्ट हुन सक्ने योग भए पनि सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिने दिन छ । यात्राको योग छ । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । कुरा काट्नेहरू सक्रिय रहन सक्छन् । आकस्मिक यात्रा र नयाँ जिम्मेवारी प्राप्तिको सम्भावना छ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ, सावधान रहनुहोला । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ । थकानको अनुभव हुनेछ भने अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ । आलोचनाको शिकार बन्नुपर्ने समय हुनाले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ भने चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – ब्यस्तता बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । धन आर्जनको अवसर मिल्ला । व्यवहारले अरुको मन जित्न सकिनेछ । तर, मनमा खराब बिचारहरुले डेरा जमाउन सक्छन् । काममा रोकावट र मानसम्मानमा समेत आघात पुग्ने योग रहेकोले सचेत रहनुहोला । रसरागमा रुचि बढ्नेछ । समय सङ्घर्षमय अनुभूति होला ।

सिंह – कामको उच्च मूल्याङ्कन र बोलीको कदर हुने दिन छ । आज विशेष खुशीको समाचार सुन्न पाइएला । काम गर्ने वातावरण मिल्ला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । परोपकारी भाव पैदा होला । सहयोगको अवसर जुरेर आत्मसन्तुष्टि मिल्ने योग छ । सुख आनन्द बढ्ला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । बिग्रिएका कामहरु बन्नेछन् । उद्योग र व्यापारमा विशेष लाभ होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । शुभता वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धिका साथै पराक्रम बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – समय त्यत्ति राम्रो छैन । बोलीको विपरीत अर्थ लाग्न सक्छ भने व्यापारमा पनि हानी व्यहोर्नुपर्ला । कर्मचारी वर्गका लागि अनाहक अपजस व्यहोर्नुपर्ने योग छ । आजको दिन यात्रा घातक बन्न सक्छ, सकभर यात्राको कार्यक्रम टार्नु नै हितकर होला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । व्यस्तता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नहोला ।

वृश्चिक – आजको दिन विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले खिन्नता बढाउन सक्छ । अध्ययन, अध्यापन तथा लेखनमा अभिरुचि जाग्ने छैन । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । आरोग्यता बढ्नेछ । योजना र बजेट बनाइ कार्य गरे बेस हुनेछ ।

धनु – आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुने समय छ । नसोचेका कामहरू बन्नेछन् । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । धन आर्जन गर्ने मौका छ । राम्रै सफलता हासिल होला । पराक्रम बढ्नेछ । मान वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – समय मनोरञ्जनपूर्ण रहनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यावसायिक यात्राको सम्भावना छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । साहस वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने सम्भावना छ । स्वास्थ्यमा गडबडी भइ दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले सोचसमझका साथ व्यवहार गर्नु हितकर होला । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता मिल्ला । रसरागमा आकर्षण बढ्ने र यात्रामा सफलता प्राप्त हुने समय छ ।

मीन – शुभता वृद्धि हुनेछ । साहस वृद्धि होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । वार्तामा सफलता मिल्नेछ । सुख आनन्द बढ्ला । समस्याको समाधान मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया