आजको पाठकको पुर्पुरो : वि.सं. २०८० वैशाख १५ गते (तद्अनुसार सन् २०२३ अप्रिल २८ तारिख) शुक्रबार नेपाल सं। ११४३ वसन्त ऋतु बैशाख शुक्ल पक्षको अष्टमी तिथि

खगेन्द्र कार्की

मेष – आजको दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । व्यस्तता बढ्नेछ । आरोग्यता बढ्नेछ । शुभ काममा सफलता मिल्नेछ शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । स्वास्थ्य कमजोर बन्न सक्च, खानपानमा ध्यान दिनुहोला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन्, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – प्रतिष्पर्धीले काम बिगारिदिन सक्छ । तथापि, बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन मिल्नेछ ।

सिंह – सफलताले उत्साह जगाउने समय छ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । पदोन्नतिको योग छ ।

कन्या – रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । परिवारिक सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । विलासमा रुचि बढ्नेछ ।

तुला – आयबल वृद्धि हुने र कार्यगति बढ्ने समय छ । रोकिएको काम बन्नेछ । विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगीहरूको भर नपर्नुहोला । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन् । तर परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

धनु – परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथ दिनेहरू बढ्नेछन् । आयआर्जनका स्रोत बढ्नेछन्, व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । दाम्पत्य सुख बढ्नेछ । आरोग्यता बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । आशा उत्साह बढ्नेछ । रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । आरोग्यता वृद्धि हुनेछ । रसरागको भाव वृद्धि हुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । खर्चको मात्रा बढ्न सक्छ, सचेत रहनुहोला । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रसरागमा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । सुखी र सफल रहनुहुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया